१६ बैशाख २०८२, मंगलबार
Tags

विराटनगरमा गुडिरहेको टिपरमा अचानक आगलागी भएपछि

रणभूमी डेस्क सोमबार, बैशाख १५, २०८२

विराटनगर / विराटनगर महानगरपालिका-१९ मिलन चोकमा आज सोमबार दिउँसो एक टिपरमा आगलागी भएको छ। प्रदेश १-०२-००१ ख ८५३१ नम्बरको टिपरमा दिउँसो २:३० बजेतिर अचानक आगो लागेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

सुनसरीको इनरुवा नगरपालिका-३ का ३० वर्षीय चालक साजन सरदारले चलाएको उक्त टिपर विराटचोकबाट सुनसरीको बर्जुतर्फ बालुवा बोकेर जाँदै थियो। आगलागीको प्रारम्भिक कारण विद्युतीय तार सर्ट भएर हुन सक्ने प्रहरीको अनुमान छ।

स्थानीय दमकल सेवाको तत्काल प्रतिकार्यका कारण आगो छिट्टै नियन्त्रणमा लिइएको थियो। आगलागीका कारण टिपरको अगाडिको भागमा क्षति पुगेको छ, तर कुनै मानवीय क्षति भएको छैन।

घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको र वास्तविक कारण पत्ता लगाउन प्राविधिक टोली परिचालन गरिएको मोरङ प्रहरीका प्रवक्ताले बताए। यातायात साधनमा हुने यस्ता आगलागी घटना रोक्न चालकहरूलाई सवारी साधनको नियमित मर्मत-सम्भारमा ध्यान दिन प्रहरीले सुझाव दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्