१४ बैशाख २०८२, आइतबार
Tags

२६ लाख भन्दा बढी सामानसहित ३ जना सशस्त्र प्रहरीद्धारा वीरगंजबाट पक्राउ गरी भन्सार दाखिला

रणभूमी डेस्क शनिबार, बैशाख १३, २०८२

२६ लाख भन्दा बढी सामानसहित ३ जना सशस्त्र प्रहरीद्धारा वीरगंजबाट पक्राउ गरी भन्सार दाखिला

वीरगञ्ज / सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले गत दुई दिनमा भारतबाट अवैध रूपमा ल्याइएका सामानहरू सहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

पहिलो घटनामा, १० वैशाखमा स.प्र.ना.उ. लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको गस्ती टोलीले वीरगञ्ज-१० स्थित सिर्सिया खोला पुल नजिकबाट एक एयर कन्डिसनर (एसी) अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको छ। भारतको विहार राज्य मोतिहारीका ५२ वर्षीय विनोद प्रसादले उक्त एसी लाई कपडामा प्याक गरी ना १५ प ३६८८ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको थिए। जफत गरिएको एसी को मूल्य रु. ७०,००० र मोटरसाइकलको मूल्य रु. १,००,००० गरी कुल रु. १,७०,००० बराबरको सामग्री वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ।

त्यसैगरी, ११ वैशाखमा विशेष सूचनाको आधारमा वीरगञ्ज-२५ स्थित बहुअरी चोकमा उही टोलीले म. प्रदेश ०३ ००१ च ७९९२ नम्बरको बोलेरो पिकअप गाडीमा अवैध रूपमा ल्याइँदै गरेको १,९२० किलोग्राम जलकपुर जातको माछा जफत गरेको छ। गाडीमा भएको माछाको विवरण र कागजातहरू मेल नखाएपछि गाडीका चालक वीरगञ्ज-२५ का ३४ वर्षीय सरोज सहनी मलाहा र सहचालक बारा, विश्रामपुर-५ का १८ वर्षीय भोला कुमार कुशवाहालाई नियन्त्रणमा लिइएको छ। माछाको मूल्य रु. ४,०३,२०० र गाडीको मूल्य रु. २२,००,००० गरी कुल रु. २६,०३,२०० बराबरको सामान भन्सार कार्यालयमा दाखिला गरिएको छ।

दुवै घटनामा पक्राउ परेका व्यक्तिहरू र जफत गरिएका सामानहरू थप कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सीमा सुरक्षा गुल्म वीरगञ्जले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्