
रणभूमी डेस्क शनिबार, बैशाख १३, २०८२

बिराटनगर / झापा र मोरङ क्षेत्रबाट प्रहरीले लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। विभिन्न प्रकारका लागुऔषधहरू बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
बैशाख १२ गते लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ र १६ मा चेकजाँचको क्रममा ब्राउन सुगर १६ ग्राम १३४ मिलिग्राम र लागुऔषध १८४ एम्पुलसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट शिवपुरीका २६ वर्षीय रमेश गुरुङ, सुनसरी इटहरी-१५ का ३० वर्षीय कलाम मिया, इटहरी-१३ का ३५ वर्षीय दिपक खत्री, को.१२ प ६७९० नम्बरको मोटरसाइकल चालक बेलबारी नगरपालिका-३ का २५ वर्षीय किरण राई र मोटरसाइकल पछाडि सवार बेलबारी-११ का २२ वर्षीय रोमन राई रहेका छन्।
त्यसैगरी, वडा प्रहरी कार्यालय धरानले सुनसरीको धरान-१५ बाट सात जनालाई ट्रामाडोल ५४१ क्याप्सुल, स्पासपेन ११२ चक्की, डिकोलिक ३०० चक्की र गाँजा ५०० ग्रामसहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धरान-१५ का ३४ वर्षीय सुरेश गुरुङ, २२ वर्षीय नरेश राई, संगम राई, धरान-१९ का २३ वर्षीय अनिके राई, धरान-८ का २५ वर्षीय सनम परियार, धनकुटा घर भई हाल धरान-१५ मा बस्दै आएका ४५ वर्षीय चन्द्र लिम्बु र साँगुरीगढी गाउँपालिका-८ का ३७ वर्षीय कुल बहादुर बान्तवा रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिहरूमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको छ र लागुऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाइएको छ।