
रणभूमी डेस्क शनिबार, बैशाख १३, २०८२

इलाम / इलामको माई नगरपालिका-४ सिंजालीटारमा खुकुरी प्रहारबाट घाइते भएकी ५२ वर्षीया भुमिका चापागाईंको उपचारको क्रममा मृत्यु भएको छ। उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार, बैशाख १२ गते साँझ सामान्य विवादका कारण सोही स्थानका ४२ वर्षीय शान्तिराम दुलालले चापागाईंलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरेका थिए। गम्भीर घाइते भएकी चापागाईंको बि.एण्ड सि. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका दुलाललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार आरोपित दुलालमाथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको र निजलाई कानुन बमोजिम कारबाही गरिने जनाइएको छ।
यहाँ कमेन्ट गर्नुहोस्