१३ बैशाख २०८२, शनिबार
Tags

प्रहरी इकाईहरुद्वारा सचेतनामूलक कार्यक्रमहरु सम्पन्न

रणभूमी डेस्क शुक्रबार, बैशाख १२, २०८२

उदयपुर / उदयपुर जिल्लामा स्थानीय प्रहरी इकाईहरुले विभिन्न स्थानमा तीन वटा महत्वपूर्ण सचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरेको छ।

नगर प्रहरी कार्यालय त्रियुगाबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका वडा नम्बर ११ पिजिचोकमा सामाजिक संजालको दुरुपयोग विषयक जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

यसैगरी, प्रहरी चौकी उदयपुरगढीबाट खटिएको टोलीले उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ गढीबजारमा बालविवाह तथा बहुविवाह विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

साथै, प्रहरी चौकी सुकौराबाट परिचालित टोलीले त्रियुगा नगरपालिका वडा नम्बर १६ सुकौरामा लागू औषध दुर्व्यसन विरुद्ध जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।

यी सचेतनामूलक कार्यक्रमहरु स्थानीय समुदायमा सामाजिक समस्याहरुको न्यूनीकरण गर्न र समाजमा सुरक्षा तथा सचेतना बढाउने उद्देश्यले सञ्चालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्