
रणभूमी डेस्क शुक्रबार, बैशाख १२, २०८२

विराटनगर / मोरङ, सुनसरी र इलामको विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगर सहित सात जनालाई पक्राउ गरेको छ।
वैशाख ११ गते विराटनगर महानगरपालिका-१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोरङ केराबारी गाउँपालिका-१० का २२ वर्षीय बिर बहादुर तामाङलाई ३ ग्राम ९५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ।
त्यसैगरी, झापा मेचिनगर-६ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ मिक्लाजुङ-६ स्थायी वतन भई हाल झापाको दमक-८ बस्ने २८ वर्षीया मिना लिम्बु राईलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
साथै, इलामको इलाम नगरपालिका-६ स्थितमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले पाँच जनालाई ३ ग्राम २५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा सोही स्थानका २२ वर्षीय सन्तविर तामाङ, २९ वर्षीय बिजय नेम्बाङ लिम्बु, सन्दकपुर-४ का ३० वर्षीय चेत बहादुर गुरुङ, इलाम-७ का २७ वर्षीय सुप्रिम देवान र इलाम-८ का ३१ वर्षीय रोहित आलम रहेका छन्।
प्रहरीले पक्राउ परेका सबै व्यक्तिहरूको थप अनुसन्धान गरिरहेको जनाएको छ।