१३ बैशाख २०८२, शनिबार
Tags

तीन भारतीय नागरिक गाँजासहित सुनसरीमा पक्राउ

रणभूमी डेस्क शुक्रबार, बैशाख १२, २०८२

इनरुवा / सुनसरीको देवानगञ्ज गाउँपालिका-२ यादव टोलमा प्रहरीले बुधबार अवैध लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हरिनगराबाट देवानगञ्जतर्फ आउँदै गरेको वि आर ३८ ए डी ४१३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ५०० ग्राम गाँजा बरामद भएको छ।

पक्राउ पर्नेहरूमा भारतको अररिया जिल्ला पत्राहा-१५ घुर्ना बजारका २६ वर्षीय मोहम्मद जावेद, ३० वर्षीय मोहम्मद जमशेर र २५ वर्षीय मोहम्मद आलविन रहेका छन्।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ। नेपाल-भारत सीमा क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले विशेष निगरानी बढाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्