१४ बैशाख २०८२, आइतबार
Tags

चोरीएको सिटी सफारी प्रहरीद्वारा धनीलाई फिर्ता

रणभूमी डेस्क बिहिबार, बैशाख ११, २०८२

विराटनगर / विराटनगरको दक्षिण गेट क्षेत्रबाट सोमबार चोरी भएको सिटी सफारी पूर्वी सीमा क्षेत्रबाट प्रहरीले बरामद गरी बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

इलाका प्रहरी कार्यालय रानी सीमा प्रमुख प्रहरी नायब निरीक्षक सुभाष अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बैशाख ८ गते हराएको प्रदेश १-०२-००४ ह १८८६ नम्बरको सिटी सफारी सम्बन्धी जानकारी प्राप्त भएपछि खोजतलास सुरु गरेको थियो। प्रहरीले नेपाल-भारत सीमावर्ती क्षेत्र जोगबनी नाका नजिकबाट उक्त सवारीसाधन फेला पारेको हो।

प्रहरी नायब निरीक्षक अधिकारीले बताए। “हामीले चोरको हातबाट सवारीसाधन उम्काएर सम्बन्धित धनीलाई फिर्ता गर्न सफल भएका छौं।”

प्रहरीका अनुसार सवारीसाधनको सुरक्षामा सचेतना अपनाउन र अपराधिक गतिविधि तथा लागुऔषध ओसारपोसार गर्नेहरूबारे तत्काल सूचना दिन स्थानीयवासीलाई आग्रह गरिएको छ। यस्ता घटना न्यूनीकरणका लागि इलाका प्रहरी कार्यालय रानी सीमाले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्