१० बैशाख २०८२, बुधबार
Tags

देवानगञ्जमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सीप विकास तालिम

रणभूमी डेस्क सोमबार, बैशाख ०८, २०८२

सुनसरी / देवानगञ्ज गाउँपालिकाको आयोजना र जय नेपाल होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङको प्राविधिक सहयोगमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित सीप विकास तालिमको उद्घाटन गरिएको छ।

गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले प्रमुख अतिथिका रुपमा कार्यक्रमको शुभारम्भ गरेका थिए। विशेष अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष कुमारी बिभा यादव, प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी, वडा नं. ३ का वडा अध्यक्ष अनिल कुमार भगत र वडा नं. ४ का वडा अध्यक्ष सुशिल कुमार मेहताको उपस्थिति रहेको थियो।

उक्त तालिमबाट सहभागीहरूले इलेक्ट्रिकल सम्बन्धी व्यावसायिक सीप हासिल गरेर आफ्नै गाउँमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने विश्वास गाउँपालिका अध्यक्षले व्यक्त गरे। मेहताले तालिममा सहभागी युवाहरूलाई रोजगारी दिलाउन आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्