१० बैशाख २०८२, बुधबार
Tags

हाम्रोमत दैनिक पत्रिकाको भव्य २२ औं वार्षिकोत्सव समारोह सम्पन्न

रणभूमी डेस्क आइतबार, बैशाख ०७, २०८२

विराटनगर / हाम्रोमत दैनिक पत्रिकाको २२ औं वार्षिकोत्सव कार्यक्रम विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा भव्यरुपमा सम्पन्न भएको छ। कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए।

समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई लगायत अन्य विशिष्ट उद्योगी व्यवसायीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

२०६१ साल वैशाख ६ गतेदेखि जनविद्रोह साप्ताहिक नामबाट भूमिगत रूपमा प्रकाशन सुरु गरेको यो पत्रिका हाल हाम्रोमत दैनिकको रूपमा नियमित प्रकाशित हुँदै आएको छ। पूर्वाञ्चली जनसञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित यस पत्रिकाले कोशी प्रदेशको एक प्रभावशाली दैनिकको रूपमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ।

हाम्रोमत दैनिकले विशेषगरी भ्रष्टाचार, बेथिति, अराजकता र कुशासनविरुद्ध खोजमूलक समाचारहरू प्रकाशित गर्दै आएको छ। प्रदेश सरकार र प्रदेशसभाको निगरानी तथा खबरदारीमा यस पत्रिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यसका अतिरिक्त, विराटनगरको आर्थिक विकासमा उद्योगी-व्यापारी क्षेत्रहरूसँग सहकार्य गर्दै तिनका समस्याहरू उजागर गर्ने कार्यमा समेत पत्रिका सक्रिय रहँदै आएको छ।

यहाँ कमेन्ट गर्नुहोस्