१० बैशाख २०८२, बुधबार
Tags

चैत महिनाका सर्वोत्कृष्ट प्रहरीमा कुँवर र कार्की

रणभुमी डेस्क शनिबार, बैशाख ०६, २०८२

विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चैत महिनाको सर्वोत्कृष्ट प्रहरीको रूपमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवर र प्रहरी चौकी अमाहीवरयातीका प्रहरी सहायक निरीक्षक नवराज कार्कीलाई घोषित गरेको छ।

प्रहरी निरीक्षक कुँवरले चैत २५ गते धरान-६ स्थित वनमा शंकास्पद अवस्थामा मृत भेटिएकी धनकुटा महालक्ष्मी नगरपालिका-१ की ३४ वर्षीया चुन कुमारी दाहाल बुढाथोकीको हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेका थिए।

त्यसैगरी, प्रहरी सहायक निरीक्षक कार्कीले चैत २१ गते मोरङको जहदा गाउँपालिका-७ का २७ वर्षीय उमेश कामतको घरबाट १,०८८ किलोग्राम गाँजा बरामद गरी निजलाई पक्राउ गरेका थिए।

विभागीय मूल्य-मान्यता र आदेश-निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले दुवै प्रहरी कर्मचारीको कामको उच्च मूल्याङ्कन गरेर उनीहरूलाई “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको हो।

यहाँ कमेन्ट गर्नुहोस्