
रणभुमी डेस्क शनिबार, चैत्र ३०, २०८१

काठमाण्डौ / शुक्रबार र शनिबार विभिन्न जिल्लाहरूमा प्रहरीले अभियान चलाई लागूऔषध कारोबारमा संलग्न १५ जनालाई पक्राउ गरेको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा ५० वर्षीया लक्ष्मी कडेललाई ११० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरिएको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
मोरङमा दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिकामा कुमार लिम्बुलाई १ ग्राम र रतुवामाई नगरपालिकामा किरण राई र काजीमान लिम्बुलाई ३ ग्राम ८८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो।
दाङको तुलसीपुर उपमहानगरपालिकामा श्रीधर डाँगी र लुपेन्द्र पोख्रेललाई ४७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरिएको छ। उनीहरूलाई मोटरसाइकलमा सवार रहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
झापामा तीन जनालाई पक्राउ गरिएको छ। बिर्तामोड नगरपालिकामा भारतीय नागरिक सनम सेख र ईबराहिम केथाड्थलाई ५ किलो ५३४ ग्राम गाँजा सहित र अर्जुनधारा नगरपालिकामा युगल दर्जी सिवालाई १ ग्राम ३२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरिएको हो।
रूपन्देहीको बुटवल उपमहानगरपालिकामा केशर बहादुर दर्जीलाई १ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित स्कुटरमा सवार रहेको अवस्थामा पक्राउ गरिएको छ।
बारामा विवेक थिङलाई ६२ किलो ५५० ग्राम गाँजा सहित पक्राउ गरिएको छ। प्रहरीले मोटरसाइकललाई रोक्न खोज्दा अन्य तीन जना फरार भएको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिकामा दिपेश लिम्बु र सुमन राईलाई ट्रामाडोल ५७० ट्याब्लेट र स्पास्पेन १,४७० ट्याब्लेट सहित पक्राउ गरिएको छ।
दोलखामा कुसल उप्रेती र मोहन बहादुर पाण्डेलाई ५३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरिएको छ।
प्रहरीले सबै पक्राउ परेका व्यक्तिहरू विरुद्ध आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।