२६ चैत्र २०८१, मंगलबार
Tags

सुनसरीमा अस्थायी प्रहरी पोष्ट खुनियाधारको उद्घाटन

महम्द अकील सोमबार, चैत्र २५, २०८१

सुनसरी / सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नं. १० खुनियाधारमा चैत्र २५ गते अस्थायी प्रहरी पोष्टको स्थापना तथा उद्घाटन गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रशासन शाखाको पत्रानुसार स्थापना गरिएको उक्त प्रहरी पोष्टको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले उद्घाटन गरे।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, भद्रभलादमी र सर्वसाधारण नागरिकहरूको उपस्थिति रहेको थियो।

यस अस्थायी प्रहरी पोष्टको स्थापनाले स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्