२५ चैत्र २०८१, सोमबार
Tags

झापाबाट किशोरी माथि जबरजस्ती करणीको आरोपमा एक भारतीय युवक पक्राउ

रणभुमी डेस्क शुक्रबार, चैत्र २२, २०८१

झापा / हल्दीवारी गाउँपालिका-१ कोचाटोलीमा २० वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ।

बिहीबार साँझ आसाम घर बताउने २७ वर्षीय सन्तोष कार्कीलाई स्थानीय प्रहरी चौकी गोलधापबाट खटिएको टोलीले हिरासतमा लिएको छ। पीडित किशोरीको उजुरीपछि अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यस घटनाबारे थप अनुसन्धान जारी छ। कार्कीमाथि लगाइएको आरोप प्रमाणित भएमा कानुन बमोजिम कारवाही हुने प्रहरीले बताएको छ।

पीडितको पहिचान गोप्य राखिएको छ र उनलाई आवश्यक सहयोग तथा सुरक्षा प्रदान गरिएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्