०२ माघ २०८१, बुधबार
Tags

चिनीको बोरामा रहेको ३ लाख मूल्यको प्राणघातक औषधि सशस्त्र प्रहरीद्धारा पक्राउ गरी गर्यो नष्ट

रणभुमी डेस्क आइतबार, पुष २८, २०८१

विराटनगर / सशस्त्र प्रहरी बल नेपालले विराटनगर-१७ रानी मटियरुवा क्षेत्रबाट ठूलो परिमाणमा अवैध औषधि बरामद गरेको छ। प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले नियमित जाँचका क्रममा नेपाल-भारत सीमा दशगजा क्षेत्रबाट करिब ३ लाख रुपैयाँ मूल्य बराबरको प्राणघातक औषधि फेला पारेको हो।

पौष २८ गते आईतवार दिउँसो सवा १ बजेको समयमा
तस्करले चिनीको बोरा भित्र हालेर घरायसी खाद्यान्न सामग्री जस्तो प्याकिङ गरी साईकलमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको थियो । नेपालमा सूचीकृत नभएका क्याल्सियम को रुपमा प्रयोग हुने प्राणघातक ‘बोन कार्ट’ नाम रहेको औषधि बरामद भएको हो । जसलाई गणना गर्दा २ हजार थान पत्तामा कुल ३० हजार ट्याबलेट रहेको थियो।

सशस्त्र प्रहरीको टोली देख्नासाथ औषधि बोकेका भरिया भारततर्फ भागेका थिए। सशस्त्र प्रहरीले उक्त औषधि कसको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी प्रमुख सप्रनाउ ऋषिकेश राउतले बताए । बरामद गरिएका सबै औषधिहरू सशस्त्र प्रहरीले खाल्डो खनी पुरेर नष्ट गरेको छ।

खुला सिमाका कारण सशस्त्र प्रहरी गुल्म मा रहेको प्रत्येक जनशक्तिले १८ देखि २० घण्टा सम्म ड्युटी गर्ने गरेका छन् जस कारण हाल सीमावर्ती एरियहरु बाट हुने तस्करी आपराधिक गतिविधिहरुमा हाल कमी आएको देखिन्छ भने तस्करले लगाएको सहज जुक्तिको वावजुद कुनै सूचना बिना उक्त औषधिहरू सुरक्षाकर्मीले पक्राउ गर्नु भनेको खुला नाकामा बढाएको निगरानी मुख्य नाकामा गरिएको कडाई र नियमित तथा छड्के चेक जाँचको क्रम बढेको भन्ने पुष्टि हुन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्