०६ पुष २०८१, शनिबार
Tags

जोगवनीमा नेपाली युवाको वेवारिसे श”व

रणभुमी डेस्क सोमबार, भाद्र २४, २०८१

विराटनगर / विराटनगरको छिमेकी भारतीय बजार जोगवनीमा एक नेपाली युवाको शव फेला परेको छ। मृतक मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका मंगलवारे निवासी अन्दाजी २८ वर्षीय विक थरका युवक रहेको बताइएको छ।

स्थानीय सूत्रका अनुसार, युवाको शव नेपाल-भारत सीमा नजिकै टिकुलिया बस्ती जाने सडकको पेटी (रेलवे) को एरियामा फेला परेको थियो। लागूऔषध सेवनकर्ताहरूले मृतकको पहिचान खुलाएका छन्।

प्रारम्भिक अनुमानमा लागूऔषधको अत्यधिक सेवन (ओभरडोज) बाट युवाको मृत्यु भएको हुनसक्ने बताइएको छ। तर, मृतकको एउटा खुट्टामा मात्र जुत्ता लगाएको अवस्थामा शव फेला परेकोले शंका उत्पन्न भएको छ।

यो घटनाले नेपाली युवाहरू लागूऔषध सेवनका लागि भारतको जोगवनी र टिकुलिया क्षेत्रमा जाने गरेको तथ्यलाई उजागर गरेको छ। स्थानीय स्रोतका अनुसार, दैनिक धेरै नेपाली युवायुवतीहरू यी क्षेत्रमा लागूऔषध सेवनका लागि जाने गरेका छन्।

नेपाली प्रशासनले पटक-पटक अनुरोध र प्रयास गरे पनि भारतीय क्षेत्रमा लागूऔषधको खुला बिक्री वितरण रोकिएको छैन। यस घटनाले दुवै देशका सरकारहरूबीच सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकतालाई औंल्याएको छ।

शव भारतमा भएका कारण भारतीय प्रहरीले घटनाको अनुसन्धान गर्नुपर्ने हुन्छ ।

यस घटनाले समाजमा लागूऔषधको बढ्दो प्रयोग र यसका गम्भीर परिणामहरूबारे चेतना जगाउने अपेक्षा गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्