१८ पुष २०८१, बिहिबार
Tags

ईप्रका रानीमा लेखनदासबाट निवेदन लेखाउन नसक्नेहरूको लागि निःशुल्क निवेदनको व्यवस्था गर्ने- इन्स्पेक्टर थापा

रणभूमी डेस्क शनिबार, जेठ ०५, २०८१

विराटनगर / भर्खरै अपराध दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृतबाट सरुवा भई ईलाका प्रहरी कार्यालय रानीमा कार्यालय प्रमुखको रुपमा आउनुभएका प्रहरी निरीक्षक प्रकाश थापाले पत्रकार भेटघाट तथा परिचय कार्यक्रम गरेका छन् ।कार्यक्रममा थापा रानीमा कार्यालय प्रमुख भई आउनुभएको ४ दिन मात्र भएको र यस ईलाका भित्रको समस्याहरूको बारेमा बुझ्ने कार्य भईरहेको बताउनुभयो ।

प्रहरी निरीक्षक थापाले यो ४ दिनमा देखेको रानी इलाका भित्र जटिल समस्याको रुपमा रहेको लागुऔषध समस्या रहेको छ । लागुऔषध को समस्या र त्यसबाट हुने अपराधलाई नियन्त्रण गर्न कार्यविधि तयार गर्ने तथा उक्त समस्यालाई निर्मूल पर्नु निरीक्षक थापाको प्राथमिकतामा राखेको बताउनुभएको छ ।

निरीक्षक थापाले आफ्नो पूर्ववर्ती इन्चार्ज प्रहरी निरीक्षक सन्दिप बेल्बासेले सुरु गर्नुभएको अभियानहरुलाई पनि निरन्तरता दिने बताउनुभएको छ। साथै, ईलाका प्रहरी कार्यालय रानीमा पीडित भनी आउने तर निवेदन लेख्न पैसा नभएका सेवाग्राहीहरूका लागि प्रहरीकै तर्फबाट निःशुल्क निवेदनको व्यवस्था मिलाउने उहाँले बताउनुभएको छ।

यहाँ कमेन्ट गर्नुहोस्