०७ पुष २०८१, आइतबार
Tags

मानव वेचविखन र लैङ्गिक हिंसा विरुद्धको संस्था आफन्त नेपालले गर्यो परियोजना समीक्षा कार्यक्रम

रणभूमी डेस्क बिहिबार, बैशाख २०, २०८१

विराटनगर / मानव वेचविखन र लैङ्गिक हिंसा अन्त्यको अभियानमा कार्यगरिरहेको संस्था आफन्त नेपालले विराटनगरमा परियोजना तथा समीक्षा कार्यक्रम गरेको छ ।

आईतवार आफन्त नेपालको क्षेत्रिय व्यवस्थापक उषा गुरुङ्गको अध्यक्षतामा विराटनगर महानगर पालिकाको सभाहलमा महानगर पालिका प्रमुख नागेश कोईरालाको प्रमुख आतिथ्य र जिल्ला प्रशासन कार्यालय मोरङ्ग प्रमुख प्रेम प्रसाद भट्टराईको को विशिष्ठ आतिथ्यमा परियोजना तथा समीक्षा कार्यक्रम गरिएको हो ।

आफन्त नेपालले “मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यको अभियान” अन्तर्गत मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको अभियानमा क्रियाशील रुपमा रहेको एक राष्ट्रिय गैर सरकारी संस्था मोरङ्ग शाखा प्रमुख मनु राणाले बताईन् । बि.सं २०६४ सालमा स्थापित आफन्त नेपालले नेपाल भारतको ११ वटा सीमानाकामा अनुगमन केन्द्र राखी सीमा पार गर्न लागेका बालबालिका, किशोरी तथा महिलाहरूलाई बेचबिखनको जोखिमबाट बचाउन परामर्श दिने, बेचबिखनमा परेकालाई उद्धार, संरक्षण, पारिवारिक पुनर्मिलन तथा नेतृत्व विकास, सीपमूलक र आयआर्जन सम्बन्धि तालिम दिई उनीहरूको जीवन रुपान्तरण गर्ने काममा सहायता गर्दै आईरहेको बताईन् । संस्थाले मानव बेचबिखन र ओसारपसारको जोखिमबाट बचाउन नेपाल बाहिर भारत र अन्य मुलुकबाट उद्धार र स्वदेश फीर्ति गर्दै आईरहेको छ ।

लैङ्गिक हिंसा र मानव बेचबिखन रोकथाम तथा नियन्त्रण गर्न पहल गर्ने। मानव बेचबिखनबाट प्रभावित तथा बेचबिखनको सम्भावनामा रहेका महिला र किशोरीहरुलाई उद्धार, परामर्श, पारिवारिक पुनर्मिलन र सामाजिक पुनर्स्थापना गर्न सहयोग गर्ने । तथा मानव बेचबिखनबाट प्रभावित तथा उच्च जोखिममा रहेका महिला र किशोरीहरुलाई आत्मनिर्भर बनाउनका लागी विभिन्न सीपमुलक र आयमुलक तालिम संचालन गर्ने र मानव बेचबिखन नियन्त्रण गर्नका लागि सम्बन्धित सरोकारवालाहरुसँग सहकार्य, समन्वय र पैरवी गर्ने उद्धेश्य रहेको राणाले बताईन् ।

संस्थाले कार्यक्रममा सन् २०२२ र २०२३ मा गरेको कार्यको तथ्यांक समेत प्रस्तुत गरेकाे छ जसमा १० हजार ९ सय १ जनालाई सूचना सम्प्रेषण गरेको छ भने ४ हजार ६ सय ६१ जनालाई परामर्श सेवा प्रदान गरेको छ । त्यसैगरी अवरोध तथा उद्धार गरिएका को संख्या १४० रहेको छ । १०८ जनालाई पारिवारिक पुनर्मिलन, ७४ जनालाई आत्कालिन आवधिक गृह सेवा प्रदान गरेकाे छ ।

प्रहरीको सहयोगमा १२० वटा घट्ना व्यवस्थापन, ५ जनालाई कानुनी सहायता, ३२ जनालाई सुरक्षित आवास गृह प्रेषण गर्नुका साथै १०६ जनालाई पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापना गरिएका किशोरीहरुलाई फलोअप गरिरहेको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी प्रमुख महेश विक्रम केसी, ईलाका प्रहरी कार्यालय रानी प्रमुख प्रहरी निरिक्षक सन्दिप बेल्बासे, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख मञ्जु लोहनी, विराटनगर – १८ का वडा अध्यक्ष जितेन्द्र साह, ८ नं वडाको वडा अध्यक्ष राम पोखरेल, गैसस महासंघ सचिव सरिता खनाल, इन्सेक प्रदेश संयोजक सोमराज थापा, मानव अधिकार सञ्जाल मोरङ्ग प्रमुख विनोद पोखरेल, सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनी अध्यक्ष मिना जोशी, फरेन प्रमुख नवराज निरौला, साना हाथहरु नेपाल मोरङ्ग प्रमुख विवश श्रेष्ठ, माईती नेपाल बाट गीताञ्जली शर्मा, सिविन संयोजक बाशु अधिकारी र नव अभियान नेपाल प्रमुख समीर नाउपाने लगाएत अन्य संघसंस्था, भन्सार प्रतिनिधि तथा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्