Ranbhumi शनिबार, बैशाख २५, २०७८
बिराटनगर / कोरोना महामारी को चेन ब्रेक गर्न जिल्ला प्रशासनले लगाएको निषेधाज्ञा अवधी भर स्थानिय बजारमा सामानहरुको जमाखोरी तथा कालो बजारी बढ्ने हुनाले एल.पी.ग्यास बिक्रेता संघले मोरङ्ग जिल्ला भरमा ग्यास आभाव नहुने भनि प्रेस विज्ञप्ति जारी गरी बताएका छन ।
एल.पी.ग्यास बिक्रेता संघ, एल.पी.ग्यास ग्यास संघ र नेपाल आयल निगम द्वारा एल.पी.ग्यासको आपुर्तीमा नजिक बाट समन्वय गर्दै ग्यास आभाव हुन नदिने बताउदै महामारीको चेन ब्रेक गर्न लगाईएको निषेधाज्ञा को सबै उपभोक्ताहरुलाई पालना गर्ने एल.पी.ग्यास बिक्रेता संघको मोरङ्ग अध्यक्ष गणेश साहले बताउनुभयो । साथै घरमा ग्यास सकिएको बेला नजिकको ग्यास डिलरमा भिडभाड नगरी सामाजिक दुरी र सुरक्षा मापदण्ड अपनाउन समेत साहले उपभोक्ता समक्ष अनुरोध गरेका छन ।
यहाँ कमेन्ट गर्नुहोस्