धीरेन्द्र कुमार साह शुक्रबार, बैशाख ०२, २०७९
जुड़शीतल यानी जलाशय सरसफाई र पर्यावरण दिवस आज हामी जुड़ शीतल पर्व मनाउदै छौं । बिहान बिहानै बाट ठुला पाखाले हामी लाई टाउको मा पानी राखेर आशीस दिदै हुनु हुन्छ । सबै जना आ आफ्नो घर आंगनको बोट बिरुआ , बगीचाको बोटहरु लाई पानी पटाउनु खेत तिर व्यस्त भएको हो । आफ्नो त आफ्नो नि भयो घर नजिकको सार्बजनिक बोट हरु लाई पनि कसैले पानी पटाउनु आज छोड़नु भएको छैन । जुड – शितल लाई त्यसो त हाम्रो समाजमा २२ पावन भन्ने गरीन्छ । हिजो राति नि पकाएको 22 पावन यानी खाने कुराको 22 व्यंजन लाई हामी खाएर नदी खोलाको माटो लाई उगाही गरेर हिलो छपा छल खेलने कार्यमा व्यस्त हुन्छौं । खासगरी यस पर्वको सामुहिक चर्चा , प्रसार – प्रचार हाम्रो जन मानस द्वारा संरक्षण गर्ने हो भन्ने निश्चित नै यो पर्व बैज्ञानिक पर्यावरणीय गुणको हिसाबले संसार लाई नै शितलता र सरसफाईमा टेवा पुग्ने छ।
जुड शितल सांचिकै नै भन्नु पर्दा सरसफाई दिवस रूपमा लिन सकिन्छ । आजको दिन हाम्रो समाजमा जुन ठाउँमा पानिको सम्बन्ध कायम रहन्छ जस्तै नदी ,तलाब ,ईनार ,पोखरी, नाली ,कल ,झर्ना ,इत्यादिहरू लाई समाज क़ा सबै व्यक्ति मिली सफा सुंदर गर्ने परिपाटी चल्दै आएको हो । आजको दिन खास गरी बताबरण स्वच्छ बनाउन बोट बिरूवा , सडक बाटो हरूलाइ संरक्षणका कार्य हुन्छ । यस्तो कार्यले स्वास्थ्य , स्वच्छ हवा बाट सम्पुर्ण बाताबरणको एक बर्ष नै त्यसलाई उर्जा प्रदान गरेको पाइन्छ।
जुड शितल लाई भौगोलिक क्रियाकलाप संग परिपूरक देखिन्छ भन्ने धार्मिक हिसाबले हेर्दा यो समयमै समाजका लागी महत्वपूर्ण भूमिका निर्वाह गरीरहेको समेत शुभ मानिन्छ । हाम्रो तराई मधेशी समाजमा जुड शितलमा बासि खाने पानी चलन छ भने एकदिन अगाडि नै कढि , बरीझरी लगायत २२थरीका पक्वान बनाई तयारी गरी राखिरहन्छ । बर्ष भरी नै खान पकाउने चुलो -चौका निप पोछ गरी बिश्रामको चलन पनि आजको दिन हाम्रो मा छ। आज दिन भरी हाम्रो किचनमा केहि पाकदैन ।
जुड शितल को दिन बडा रमाईलो खेल खेल्ने प्रचलन रहेको छ । गाँउ घरमा सबै जना मिलेर हिलो छपा छप नाली पोखरी नदी किनारमा जल जलासहरू रहेको फोहर ब्यबस्थापन गर्नु स्वच्छ बताबरण बनाउन टेवा पुगेको देखिन्छ भन्ने आफनो मान्य जन्य संग शिरमा पानि छ्यापी जुर हुन्छ भने बर्ष भरी शितल बनाउन यसको ठुलो अर्थ मानिन्छ। त्यसैले पनि यसलाई समृद्ध रूपमा पहल गर्न र स्वच्छता दिवस रूपमा लिन सकिन्छ।