२६ चैत्र २०८१, मंगलबार
Tags

६ किलो चाँदीका गर गहनासहित एक जना मानिस पक्राउ

रणभूमी बिहिबार, भाद्र ०३, २०७८

पर्सा / भदाै ३, भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको गोप्य सूचनाको अाधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले आज बिहान ८ बजेको समयमा ६ के.जी.१६८ ग्राम चाँदी सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पाएको सुचनाको आधारमा वीरगञ्ज म.न.पा. वडा नं.१६ स्थित शंकराचार्य गेटमा शंकास्पदरूपमा पैदल हिंडिरहेका बारा जिल्ला प्रसौनी गा.पा.वडा नं.६ बस्ने बर्ष ६० को नागेन्द्र साह सोनारलाई रोकी तलासी लिँदा साहले बोकेको कालो साइड ब्यागभित्र सुपर क्वालिटी सिँड्स लेखिएको झोलामा चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू बरामद गरेको हो । उक्त चाँदी जस्तो देखिने धातु ६ के.जी.१६८ ग्राम रहेको र साहलाई उक्त चाँदी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साको सूचना अधिकारी प्रवक्ता डिएस्पी ओम प्रकाश खनालले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्