१६ बैशाख २०८२, मंगलबार
Tags

सुन्वर्षीमा मोटरसाईकल अनियन्त्रित भई भयो दुर्घटना एक युवकको मृत्यु

रणभूमी डेस्क सोमबार, बैशाख १५, २०८२

विराटनगर / मोरङको सुनवर्षी नगरपालिका-९ मा भएको मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। गत वैशाख १४ गते डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको बिआर ३९ एच २९५६ नम्बरको भारतीय मोटरसाईकल अचानक अनियन्त्रित भई दुर्घटनामा परेको स्थानीय प्रहरी स्रोतले जानकारी दिएको छ।

दुर्घटनामा सुनवर्षी नगरपालिका-९ का २० वर्षीय साहवन आलम गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि मोरङको रंगेली अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

प्रहरीका अनुसार, दुर्घटनाको कारण मोटरसाईकल अनियन्त्रित हुनु रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस क्षेत्रमा यातायात दुर्घटना बढ्दै गएकोमा स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन्। यातायात सुरक्षा सम्बन्धी जनचेतना र सडक सुरक्षा उपायहरू बढाउन स्थानीयहरूले माग गरेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्