१३ बैशाख २०८२, शनिबार
Tags

सशस्त्र प्रहरीद्धारा ९ लाख ६० हजारको अवैध औषधी सहित तीन सवारीसाधन भन्सार दाखिला

रणभूमी डेस्क शनिबार, बैशाख १३, २०८२

वीरगंज / सशस्त्र प्रहरीले वीरगन्जमा १५ लाख ६० हजार रुपैयाँ बराबरको भन्सार छलीको औषधि बरामद गरेको छ। शुक्रबार बरामद गरिएको सामग्री वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले वीरगन्ज महानगरपालिका-२४ रामगढवास्थित वीरगन्ज पाठशाला अगाडिको सडकबाट उक्त वस्तु बरामद गरेको हो।
प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका १० वटा कार्टुनमा प्याक गरिएका मल्टी भिटामिन तथा मल्टी मिनिरल्स क्याप्सुलका ४८० डब्बा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएअनुसार, ना २ स १०१७ नम्बरको अटोमा लोड गरी ल्याइरहेको अवस्थामा अटोसहित अटो चालक अमृत साह कानुलाई नियन्त्रणमा लिइएको छ। वीरगन्ज महानगरपालिका-२५, सिर्सिया गाउँपालिका बस्ने ३६ वर्षीय कानु उक्त सामान भारतबाट भन्सार छली गरी नेपाल ल्याउने क्रममा थिए।

साथै प्रहरीले उक्त कार्यमा संलग्न २ थान मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। अटो र मोटरसाइकलको मूल्य ६ लाख रुपैयाँ तथा क्याप्सुलको मूल्य ९ लाख ६० हजार रुपैयाँ रहेको अनुमान गरिएको छ।

बरामद गरिएको सामान, सवारी साधन र पक्राउ परेका व्यक्तिलाई थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्