१३ बैशाख २०८२, शनिबार
Tags

मानव बेचबिखन विरुद्ध जनचेतनामूलक कार्यक्रम विराटनगरमा सम्पन्न

रणभूमी डेस्क शुक्रबार, बैशाख १२, २०८२

विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीको समन्वयमा मानव बेचबिखन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

बिहीबार बाल कल्याण विद्या मन्दिर को सभाहलमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका तथा १०९ जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीका अध्यक्ष मिना जोशीले गर्नुभएको थियो।

कार्यक्रममा मानव बेचबिखनका विभिन्न स्वरूप, यसबाट बच्ने उपाय र जोखिममा परेमा सहयोग प्राप्त गर्ने संयन्त्रहरूबारे जानकारी दिइएको थियो। प्रहरी अधिकारीहरूले विशेषगरी युवा वर्गलाई लक्षित गरेर हुने बेचबिखनका प्रवृत्तिहरूबारे सचेत गराएका थिए।

“बेचबिखन विरुद्धको अभियानमा शैक्षिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण छ,” कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिले भने। उनले यस्ता कार्यक्रमहरू अन्य विद्यालयहरूमा पनि विस्तार गरिने जानकारी दिए।

कार्यक्रममा विद्यार्थीहरूले मानव बेचबिखन सम्बन्धी आफ्ना जिज्ञासा राख्ने अवसर पाएका थिए। विद्यालयका प्रधानाध्यापकले यस्ता सचेतनामूलक कार्यक्रमहरूले विद्यार्थीहरूलाई समाजमा हुने अपराधबाट सचेत रहन मद्दत पुर्‍याउने बताए।

विराटनगर महानगरपालिकाले आगामी दिनमा विभिन्न स्थानीय समुदायहरूमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्