१४ बैशाख २०८२, आइतबार
Tags

विराटनगर र सुन्दरहरैंचामा करेन्ट लागेर २ जनाको मृत्यु, १ घाइते

रणभूमी डेस्क बिहिबार, बैशाख ११, २०८२

बिराटनगर / मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बैशाख १० गते भारतको बिहार राज्य जोगवनी टिकुलियाका ३६ वर्षीय सुरेश चौधरीलाई बिराटनगर-१५ स्थित ससुरालीमा बस्दै आएको अवस्थामा कोठा भित्र सुतिरहेका बेला टेबल पङ्खाबाट अचानक करेन्ट लागेको थियो। उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, सुन्दरहरैंचा नगरपालिका-९ मा बिजुलीको पोलमा चढेर तार सिफ्टिङ गर्ने क्रममा करेन्ट लाग्दा इलामको चुलाचुलीका २८ वर्षीय राजेश लावती र इटहरी उप-महानगरपालिका-१७ का ४३ वर्षीय बाल कुमार अधिकारी घाइते भएका थिए।

घाइते लावतीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ भने अधिकारीको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार यी दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ। विद्युतीय उपकरण तथा बिजुली लाइनको सुरक्षित प्रयोगबारे सचेतना अपनाउन स्थानीय प्रशासनले सबैलाई अनुरोध गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्