१० बैशाख २०८२, बुधबार
Tags

सुनसरीबाट प्रहरीले २ ग्राम हिरोईन पक्राउ गर्दा फेला पर्यो १२३ किलो गाँजा

रणभूमी डेस्क मंगलबार, बैशाख ०९, २०८२

सुनसरी / कोशी गाउँपालिका-१ स्थित भन्सार कार्यालय अगाडिबाट ठूलो परिमाणमा अवैध लागूऔषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भोजपुर अरुण गाउँपालिका-५ का २६ वर्षीय तेजेन्द्र कार्कीलाई मंगलबार बिहान खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, पक्राउ परेका कार्कीको थप अनुसन्धानका क्रममा उनले सोही स्थानमा पार्किङ गरी राखेको प्रदेश १-०२-००२ च ५३४८ नम्बरको योद्धा गाडी तलासी गर्दा करिब ३२३ किलो २१० ग्राम गाँजा बरामद गरिएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्