
रणभूमी डेस्क सोमबार, बैशाख ०८, २०८२

रोल्पा / कुकुरलाई रुखमा झुण्ड्याई निर्दयी व्यवहार गरी मारेको र त्यसको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेको आरोपमा रोल्पा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार गत वैशाख ३ गते रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नं. ७ हार्जङ क्वाछिवाङ भन्ने स्थानमा कुकुरलाई रुखमा झुण्ड्याई मारेको घटनामा संलग्न दुई व्यक्तिलाई वैशाख ७ गते पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा स्थानीय २० वर्षीय सुन्दर परियार र १८ वर्षीय डम्मर पुन रहेका छन्। प्रहरीले उनीहरूलाई पशुपक्षी सम्बन्धी कसूरमा अनुसन्धान गर्न रोल्पा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएको छ।
प्रहरी निरीक्षक रोहित कुमार शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भए अनुसार, यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
यहाँ कमेन्ट गर्नुहोस्