०९ बैशाख २०८२, मंगलबार
Tags

फरक क्षमता भएकी नाबालिकालाई सामूहिक बलात्कार गर्ने दुई अभियुक्त पक्राउ

रणभूमी डेस्क सोमबार, बैशाख ०८, २०८२

इलाम / फरक क्षमता भएकी (बोल्न नसक्ने) एक नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पक्राउ पर्नेहरूमा इलामको फाकफोकथुम गाउँपालिका-४ का ३८ वर्षीय साजन सुब्बा र सोही ठाउँका ४१ वर्षीय बुद्धिमान आङथुपो रहेका छन्।

प्रहरीका अनुसार आरोपितहरूले गत वैशाख ५ गते इलामका बोल्न नसक्ने नाबालिकालाई डर, त्रास एवं धम्की दिई हात बाँधेर मुख थुनेर सामूहिक बलात्कार गरेका थिए।

घटनापछि फरार रहेका आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको विशेष प्रहरी टोलीले वैशाख ६ गते फाकफोकथुम गाउँपालिका-४ स्थित फुयतप्पाबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला अदालत इलाममा उपस्थित गराई आजदेखि लागू हुने गरी सात दिनको म्याद थप भएको छ। जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्