०९ बैशाख २०८२, मंगलबार
Tags

लागूऔषध अफिम र ब्राउन सुगरसहित ४ जना पक्राउ

रणभूमी डेस्क आइतबार, बैशाख ०७, २०८२

विराटनगर / संखुवासभा र विराटनगरमा लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिवार विशेष सूचनाको आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले धर्मदेवी नगरपालिका-४ स्थितबाट तीन जनालाई अफिमसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका-४ का राम बहादुर अधिकारी, केशव घिमिरे र मादी नगरपालिका-६ का देवेन्द्र थापा रहेका छन्। उनीहरूलाई अफिमजन्य पदार्थ बिक्री-वितरण गरिरहेको अवस्थामा १२ ग्राम ३९० मिलिग्राम अफिमसहित नियन्त्रणमा लिइएको हो।

यसैगरी, मोरङको विराटनगर-१५ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका-२ का ३१ वर्षीय सरन डाँगीलाई २ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

लागूऔषधसहित पक्राउ परेका सबै व्यक्तिहरूमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्