०९ बैशाख २०८२, मंगलबार
Tags

सुनसरीमा लागुऔषध गाँजासहित कार नियन्त्रणमा

रणभूमी डेस्क आइतबार, बैशाख ०७, २०८२

सुनसरी /सुनसरीको दुहबी नगरपालिका-४ मा प्रहरीले लागुऔषध गाँजासहित एक कार नियन्त्रणमा लिएको छ।

हिजो बेलुका विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले दुहबी-४ मालहट्टी क्षेत्रमा सवारी चेकजाँचको क्रममा बा. ७ च ९२६३ नम्बरको मारुती कारको डिकीमा लुकाइएको अवस्थामा १ सय १६ किलोग्राम गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार उक्त गाँजा चार वटा जेब्रा झोलामा प्याकिङ गरी लुकाइएको अवस्थामा फेला परेको थियो। कारमा गाँजा भेटिएसँगै चालक फरार भएका छन्।

प्रहरीले गाँजा ओसारपसारमा संलग्न चालकको खोजी कार्य तीव्र पारेको छ। साथै यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्