०९ बैशाख २०८२, मंगलबार
Tags

लागुऔषध को बिगबिगी, पक्राउ परे लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना

रणभुमी डेस्क आइतबार, बैशाख ०७, २०८२

काठमाण्डौ / देशका विभिन्न स्थानहरूबाट प्रहरीले लागूऔषध कारोबारमा संलग्न ११ जनालाई पक्राउ गरेको छ। शनिबार विभिन्न स्थानबाट गरिएको कारबाहीमा हेरोइन, ट्रामाडोल, अफिम र गाँजा जस्ता लागूऔषध बरामद गरिएको छ।

मोरङको विराटनगर महानगरपालिका-१५ बैंक रोडबाट सुन्दरहरैंचा नगरपालिका-२ का ३१ वर्षीय सरन डाँगीलाई २ ग्राम ४० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको छ। उनी भारतबाट साइकलमा नेपाल आउँदै गर्दा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

कैलालीको कैलारी गाउँपालिका-१ सडकपुरबाट सोही गाउँपालिका-८ दुधिया बस्ने २५ वर्षीय सन्जु कुमार चौधरीलाई ४३० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका-१ हनुमानथानबाट डडेल्धुरा गन्यापधुरा गाउँपालिका-३ सकायल बस्ने ३९ वर्षीय करन बहादुर देउवा र ३५ वर्षीय रोहित शाहीलाई ४६० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको छ। यसैगरी, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट शुक्लाफाँटा नगरपालिका-११ का २५ वर्षीय राम बहादुर बिष्टलाई १३ ग्राम २७० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको छ।

चितवनको भरतपुर महानगरपालिका-२६ सिसुवारबाट ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशाल सुनारलाई क्रमश: १,१८० र २,३६३ ट्याब्लेट ट्रामाडोल तथा विशालबाट ३०० ग्राम गाँजा जस्तो देखिने पदार्थ पनि बरामद गरिएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ पिपलवोटबाट सोही उपमहानगरपालिका-४ हुप्राचौर बस्ने १९ वर्षीय विशाल सार्कीलाई ३ ग्राम खैरो हेरोइन सहित मोटरसाइकलमा सवार गरेको अवस्थामा पक्राउ गरिएको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ कटुकाबाट बाँके नेपालगञ्ज उपमहानगरपालिका-१४ का २१ वर्षीय अनिश नेपालीलाई १९० मिलिग्राम ब्राउनसुगर सहित मोटरसाइकलमा सवार गरेको अवस्थामा पक्राउ गरिएको छ।

संखुवासभाको धर्मदेवी नगरपालिका-४ तिरतिरे बस्ने २८ वर्षीय राम बहादुर अधिकारी, २६ वर्षीय केशव घिमिरे र मादी नगरपालिका-६ पुलुङ बस्ने ३८ वर्षीय देबेन्द्र थापालाई १२ ग्राम ३९० मिलिग्राम अफिम जस्तो देखिने पदार्थ सहित पक्राउ गरिएको छ।

प्रहरीले पक्राउ परेका सबै व्यक्तिहरू विरुद्ध थप अनुसन्धान गरिरहेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्