०६ बैशाख २०८२, शनिबार
Tags

फिसिङ लिङ्क पठाई इसेवा को रकम चोरिगर्ने एक जना पक्राउ, ४ हजार भन्दा बढी मानिस भएकोथियो सिकार

रणभुमी डेस्क बुधबार, बैशाख ०३, २०८२

काठमाण्डौ / काठमाडौंको कालिमाटीबाट प्रहरीले फिसिङ लिङ्क प्रयोग गरी ईसेवाको रकम चोरी गरेको आरोपमा २२ वर्षीय राहुल बुढालाई मंगलबार पक्राउ गरेको छ। अनामनगर निवासी तथा कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भएका बुढालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

आरोपित बुढाले विभिन्न व्यक्तिहरूलाई एसएमएस मार्फत फिसिङ लिङ्क पठाई, खाता निलम्बन हुन लागेको भन्दै फेक चेतावनी दिएका थिए। पीडितहरूलाई भेरिफिकेशनको लागि उक्त लिङ्क खोल्न लगाई, ईसेवामा अनाधिकृत पहुँच स्थापित गरेर ४ हजारभन्दा बढी व्यक्तिहरूको खातामा रहेको रकम हस्तान्तरण गरेको आरोप छ।

अनुसन्धानका अनुसार, आरोपितले पशुपति ग्लोबल इनोभेसन प्रा.लि. को खाताहरूमा १ करोड २ लाख रूपैयाँ बराबरको रकम अवैध रूपमा ट्रान्सफर गरेको पाइएको छ।

प्रहरीले आरोपित बुढालाई थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ।

यस घटनापछि साइबर अपराध विशेषज्ञहरूले एसएमएस वा इमेल मार्फत प्राप्त अनौठा लिङ्कहरू नखोल्न र आफ्नो वित्तीय विवरणहरू अज्ञात स्रोतसँग साझा नगर्न सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्