३१ चैत्र २०८१, आइतबार
Tags

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री मण्डलद्वारा भारतीय लोकसभा सदस्यको नाकामा स्वागत

रणभुमी डेस्क मंगलबार, चैत्र २६, २०८१

विराटनगर / कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले भारतको बिहार राज्यका लोकसभा सदस्य रामप्रित मण्डललाई जोगवनी सीमा नाकामा आफै पुगेर स्वागत गरेका छन्।

संखुवासभाको तीनजुरेमा आगामी चैत्र २७ गते हुन लागेको पर्यटन वर्ष २०८२ को उद्घाटन कार्यक्रममा भाग लिन भारतबाट अतिथिको रुपमा आमन्त्रित सांसद मण्डललाई नेपाल प्रवेशमै औपचारिक स्वागत गरिएको हो।

उक्त कार्यक्रम प्रधानमन्त्री के.पी. शर्मा ओलीको द्वारा समुदघाटन हुनेछ । यस अवसरमा नेपाल-भारत मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै देशका प्रतिनिधिहरूले विशेष जोड दिएका छन्।

पर्यटन वर्ष २०८२ को कार्यक्रमले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्