
रणभुमी डेस्क मंगलबार, चैत्र २६, २०८१

रौतहट / रौतहटको ईशनाथ नगरपालिका-१ स्थित बन्जरहा झुलुङगे पुल नजिकबाट प्रहरीले एक युवकलाई अवैध हतियार र लागूऔषध सहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका-४ टिकुलिया निवासी २१ वर्षीय सावन गिरीलाई गएराति अबेर गस्ती गरिरहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। उनको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल, तीन राउण्ड गोली र करिब ८० किलोग्राम गाँजा बरामद गरेको छ।
प्रहरीका अनुसार उक्त क्षेत्रमा शंकास्पद गतिविधि भएको गोप्य सूचनाका आधारमा परिचालन गरिएको टोलीले गिरीलाई पक्राउ गरेको हो। पक्राउ परेका गिरीमाथि हातहतियार तथा खरखजाना र लागूऔषध कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्