
रणभुमी डेस्क सोमबार, चैत्र २५, २०८१

विराटनगर / आन्तरिक राजस्व कार्यालय विराटनगरले आज मोरङ उद्योग व्यापार संघको सभाकक्षमा आगामी आर्थिक वर्ष २०८२/०८३ को आर्थिक ऐन तर्जुमाका लागि राजस्व नीति विषयक सुझाव संकलन कार्यक्रम आयोजना गरेको छ। अर्थ मन्त्रालयका राजस्व सचिव श्री दिनेश कुमार घिमिरेको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा निजी क्षेत्रका उद्योग व्यवसायको हितका लागि भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, गैरकर एवं राजस्व प्रशासनमा गर्नुपर्ने सुधारहरुका विषयमा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव श्री उत्तर कुमार खत्री, आन्तरिक राजस्व विभागका महानिर्देशक श्री मदन दहाल, भन्सार विभागका उपमहानिर्देशक श्री जनकराज शर्मा र मोरङका प्रमुख जिल्ला अधिकारी श्री ईन्द्रदेव यादव लगायतको विशिष्ट उपस्थिति रहेको थियो।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष श्री अनुपम राठीले कार्यक्रममा विषयगत रूपमा आफ्नो राय सुझाव प्रस्तुत गर्नुभएको थियो। यस अवसरमा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्री उमेश श्रेष्ठ र आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत श्री भुपालराज शाक्य सहित इटहरी, भद्रपुर, धरान, लहान र दमकका आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृतहरू पनि उपस्थित थिए।
अन्तरक्रिया कार्यक्रममा मेची र सुनसरी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतहरू, राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अनुसन्धान अधिकृत लगायत नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश, चेम्बर अफ कमर्श, विराट व्यापार संघ, नेपाल चार्टड एकाउन्टेन्ट संघ र अडिटर एशोसिएसन नेपालका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरू, मोरङ उद्योग व्यापार संघका पदाधिकारी, कार्यसमिति सदस्यहरू, महिला र युवा उद्यम समितिका सदस्यहरू साथै विभिन्न औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानका प्रमुखहरूको व्यापक सहभागिता रहेको थियो।
यस अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझावहरू आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक ऐन तर्जुमामा समावेश गरिने अपेक्षा गरिएको छ।