२५ चैत्र २०८१, सोमबार
Tags

विराटनगरबाट श्रोत नखुलेको ७ लाख १५ हजार रकम सहित युवक पक्राउ

रणभुमी डेस्क सोमबार, चैत्र २५, २०८१

विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउँसो महेन्द्र चोक क्षेत्रमा एक युवकलाई श्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका वडा नं. १५ निवासी २४ वर्षीय रोहित कुमार साहलाई अपराह्न २:३० बजेतिर विराटनगर-९ स्थित महेन्द्र चोकमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला चेकजाँचको क्रममा पक्राउ गरिएको हो।

पक्राउ परेका साहको साथबाट प्रहरीले रु. ७,१५,०००/- (सात लाख पन्ध्र हजार) बरामद गरेको छ। उक्त रकमको वैधानिक स्रोत खुल्न नसकेको प्रहरीले जनाएको छ।
हाल आरोपित साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी राखेको जनाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्