२५ चैत्र २०८१, सोमबार
Tags

रानी नाकाबाट खैरो हिरोइन सहित दुईजना पक्राउ

रणभुमी डेस्क सोमबार, चैत्र २५, २०८१

विराटनगर / विराटनगर महानगरपालिका-१५ को एक नम्बर ढाँटबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार दिउँसो भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेलाबारी नगरपालिका-८ निवासी २८ वर्षीय मिलन थापा र ३९ वर्षीय केशर कुमार मगरलाई २ ग्राम ६ सय मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पक्राउ नेपालभर लागूऔषध नियन्त्रणका लागि प्रहरीले गरिरहेको निरन्तर अभियानको एक भाग हो। गत आइतबार पनि विभिन्न स्थानहरूमा गरिएको कारबाहीमा थुप्रै व्यक्तिहरूलाई गाँजा, ब्राउनसुगर, ट्रामाडोल लगायतका लागूऔषधसहित पक्राउ गरिएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्