२५ चैत्र २०८१, सोमबार
Tags

उदयपुरगढीमा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम

रणभुमी डेस्क सोमबार, चैत्र २५, २०८१

उदयपुर / प्रहरी चौकी उदयपुरगढीको आयोजनामा “आत्महत्या न्यूनीकरण” सम्बन्धी जनचेतनामूलक कार्यक्रम चैत २५ गते सम्पन्न भएको छ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उदयपुरगढी गाउँपालिका वडा नं. ५ गढी बजारमा आयोजित कार्यक्रममा स्थानीय भद्रभलादमी, बुद्धिजीवी, जनप्रतिनिधि तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा आत्महत्याका कारणहरू, जोखिम पहिचान, रोकथामका उपायहरू र मानसिक स्वास्थ्यको महत्वबारे जानकारी प्रदान गरिएको थियो। यस प्रकारका सचेतनामूलक कार्यक्रमले समुदायमा आत्महत्याजन्य घटना न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्