
महम्द अकील सोमबार, चैत्र २४, २०८१

इनरुवा / जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्य र भ्वाइस अफ चिल्ड्रेन इटहरीको आयोजनामा “अनलाइन मार्फत हुने बाल यौन दुर्व्यवहार” विषयक प्रशिक्षण कार्यक्रम चैत्र २५ गते सम्पन्न भएको छ।
इनरुवा-३ स्थित फुलवारी रिसोर्टको सभाहलमा आयोजित उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका मुद्दा चल्ने प्रहरी कार्यालयहरूको अपराध अनुसन्धान शाखा तथा महिला, बालबालिका र जेष्ठ नागरिक सहायता कक्षमा कार्यरत प्रहरी अधिकृत एवं जवानहरूको सहभागिता रहेको थियो।
कार्यक्रमले अनलाइन माध्यमबाट हुने बालबालिकाविरुद्धको यौन दुर्व्यवहारको पहिचान, अनुसन्धान र रोकथामसम्बन्धी विषयमा प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।
यहाँ कमेन्ट गर्नुहोस्