२५ चैत्र २०८१, सोमबार
Tags

धनकुट्टा भरूवा बन्दुक सहित एक व्यक्ति पक्राउ

रणभुमी डेस्क आइतबार, चैत्र २४, २०८१

धनकुट्टा / छथरजोरपाटी गाउँपालिकामा प्रहरीले अवैध भरूवा बन्दुक राखेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। स्थानीय प्रहरी चौकी जोरपाटी बजारबाट खटिएको टोलीले छथरजोरपाटी गाउँपालिका-३ करून्जेबाट एकनाले भरूवा बन्दुक सहित सोही गाउँपालिका-४ तेलिया निवासी २८ वर्षीय राम कृष्ण लिम्बुलाई आइतबार बिहान पक्राउ गरेको जनाएको छ।

प्रहरीले लिम्बुको साथबाट एक थान एकनाले भरूवा बन्दुक बरामद गरेको छ। हतियार नियन्त्रणसम्बन्धी कानून अनुसार अवैध हतियार राख्नु कानूनी अपराध हो।

यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको र आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्