२४ चैत्र २०८१, सोमबार
Tags

मानव बेचबिखन मुद्दाकी फरार प्रतिवादी पक्राउ

रणभुमी डेस्क शुक्रबार, चैत्र २१, २०८१

काठमाडौं / मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेकी एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं टोखा नगरपालिका-९ बस्ने २८ वर्षीया चिनि माया लिम्बु भन्ने चिन माया लामा लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसलाले उक्त मुद्दामा उनलाई १० वर्ष कैद सजाय र ५० हजार रूपैयाँ जरिवाना ठहर भएको थियो। फैसला पश्चात फरार रहेकी लिम्बुलाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका-९ स्थित दिपज्योति मार्गबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले पक्राउ पश्चात उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाएको थियो। त्यसपछि अदालतको आदेशानुसार कैद भुक्तानका लागि उनलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ।

इलाम माई नगरपालिका-७ घर भएकी लिम्बु अब अदालतको फैसला अनुसार तोकिएको कैद सजाय भुक्तान गर्नेछिन्।

यहाँ कमेन्ट गर्नुहोस्