
रणभुमी डेस्क शुक्रबार, चैत्र २२, २०८१

बाँके / कोहलपुर नगरपालिका-७ रजगरूवा बस्ने ४० वर्षीय दुर्गा पुनको हत्या अभियोगमा प्रहरीले २३ वर्षीय छोटे भन्ने राजु सुनारलाई पक्राउ गरेको छ। बिहीबार राति सोही नगरपालिका-७ सल्यानी टोलबाट उनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार राजु समेत ५/६ जनाको समूहले कुटपिट गर्दा गम्भीर घाइते भएका दुर्गाको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हवल्दारपुर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न मध्ये राजुलाई पक्राउ गरेको हो।
प्रहरीले कुटपिटमा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी राखेको छ। साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्