२६ चैत्र २०८१, मंगलबार
Tags

कमलेश्वर ठाकुर कोशी प्रदेशका उत्कृष्ट सहकारीकर्मी सम्मानित

रणभुमी डेस्क शुक्रबार, चैत्र २२, २०८१

विराटनगर / मोरङका सहकारी अभियान्ता इन्जिनियर कमलेश्वर ठाकुर कोशी प्रदेशकै उत्कृष्ट सहकारीकर्मीको रुपमा सम्मानित भएका छन्। ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय इनरुवाले विशेष कार्यक्रमका बीच उनलाई सम्मान गरेको हो।
कोशी प्रदेशभरीका सहकारीकर्मीहरू मध्येबाट पुरस्कार छनौट समितिले ठाकुरलाई उत्कृष्ट ठहर गरी यो सम्मान प्रदान गरिएको छ। साविक टकुवा गाविसमा जन्मिएर हाल सुनवर्षी नगरपालिका वडा नम्बर ५ मा स्थायी बसोबास गर्दै आएका ठाकुरले २०६६ सालदेखि सहकारी क्षेत्रमा आफ्नो यात्रा आरम्भ गरेका थिए।
सहकारीको व्यवस्थापकीय, सुशासन र विकासमा विभिन्न पदीय जिम्मेवारी वहन गर्दै आएका ठाकुर हाल रंगेलीस्थित सद्भाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष छन्।
सहकारीकर्मीका रूपमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको उच्च कदर गर्दै कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, प्रदेश सहकारी संघ कोशी प्रदेशका अध्यक्ष डिल्ली पोखरेल र पुरस्कार छनौट समितिका संयोजक मनोज कार्कीलगायतले सम्मानपत्रसहित उनलाई सम्मानित गरे।
यस वर्ष “मर्यादित सहकारी, समुन्नत समाज” भन्ने मूल नारासहित ६८ औँ सहकारी दिवस विविध कार्यक्रमहरूसहित भव्यरूपमा मनाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्