
रणभुमी डेस्क आइतबार, फाल्गुण २५, २०८१

विराटनगर / सुनौलो अवसर युवा क्लबको चौथो साधारण सभाबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। शनिबार विराटनगर महानगरपालिकाको १५ नम्बर वडा स्थित ग्लोबल स्कुलको प्राङ्गणमा सम्पन्न भएको साधारण सभामा पुष्प राज गिरिको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको हो।
निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा पूर्णिमा खतवे, सचिवमा तबरेज आलम, सहसचिवमा निसा मण्डल, कोषाध्यक्षमा गौरव शर्मा, सहकोषाध्यक्षमा रक्षा कर्ण रहेका छन्। साथै समितिमा ९ जना सदस्यहरू समेत निर्वाचित भएका छन्।
सुनौलो अवसर युवा क्लबले महिला तथा युवाहरूलाई विभिन्न विधामा प्रशिक्षण कार्यक्रम, जनचेतनामूलक कार्यक्रम, लागू पदार्थ दुर्व्यसनी विरुद्ध विभिन्न क्रियाकलाप र लैंगिक हिंसा विरुद्धको अभियान जस्ता समाजोपयोगी कार्यहरू गर्दै आइरहेको संस्थाको निवर्तमान सचिव मनिषा मण्डलले बताईन् ।
नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा संस्थाका उद्देश्यहरू पूरा गर्न थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएको छ। विशेषगरी युवा र महिला सशक्तिकरणका क्षेत्रमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।