२४ माघ २०८१, बिहिबार
Tags

मानव बेचबिखन न्यूनीकरणका लागि विराटनगरमा सवारी चालक अभिमुखीकरण

रणभुमी डेस्क बुधबार, माघ १६, २०८१

विराटनगर: नव अभियान नेपालले मानव बेचबिखन रोकथाम तथा न्यूनीकरणका लागि सवारी चालकहरूको महत्वपूर्ण भूमिकालाई मध्यनजर गर्दै नव अभियान नेपाल मोरङ्ग जिल्ला प्रमुख समीर न्यौपाने को अध्यक्षतामा एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरस्थित देउराली होटलमा आयोजित कार्यक्रममा सवारी चालकहरूलाई मानव बेचबिखनका विभिन्न स्वरूप, यसका जोखिम र रोकथामका उपायहरूबारे जानकारी गराइएको थियो।

कार्यक्रममा मानव बेचबिखनका आन्तरिक, सीमापार र बाह्य तस्करीका स्वरूपहरूबारे विस्तृत छलफल गरिएको थियो। विशेषगरी महिला, बालबालिका तथा युवाहरू बेचबिखनको उच्च जोखिममा रहने भएकाले यस्ता घटना रोक्न सवारी चालकहरूको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिइएको थियो।

ईलाका प्रहरी कार्यालय रानी का वरिष्ठ प्रहरी नायब निरीक्षक तिलक कार्कीले कार्यक्रमका सहभागीहरूलाई शंकास्पद गतिविधि देखेमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन र कानूनी प्रक्रियाबारे पनि जानकारी दिइएको थियो। साथै सवारी चालकहरूलाई समाजको सुरक्षा र मानव बेचबिखन विरुद्धको अभियानमा सक्रिय सहभागी हुन आह्वान गरिएको थियो।

गरिबी, बेरोजगारी, प्रविधिको दुरुपयोग र सामाजिक असुरक्षा जस्ता कारणले मानव बेचबिखनका घटनाहरू बढ्दै गएको र यसले व्यक्ति, परिवार र समाजमा गम्भीर असर पारेको कुरा कार्यक्रम प्रस्तोता रेखा नेपालीले कार्यक्रममा औंल्याइएको थियो।

यस्ता अपराध रोक्न शिक्षा, जनचेतना र सामाजिक सहयोग नेटवर्कको विकास गर्नुपर्ने आवश्यकता रहेको कार्यक्रमका सहभागीहरूले बताएका थिए।

यहाँ कमेन्ट गर्नुहोस्