रणभुमी डेस्क शनिबार, पुष २७, २०८१
विराटनगर / स्वतन्त्र नागरिक बचाउ अभियान नेपाल द्वारा आयोजित राष्ट्रिय एकता दिवस तथा श्री ५ पृथ्वी नारायण शाहको जन्मोत्सव कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । विराटनगर-१५ र १७ स्थित भन्सार कार्यालय २ नं ढाटमा आयोजित कार्यक्रममा स्वतन्त्र नागरिक बचाउ अभियानका कोशी अञ्चल सभापति निता साक्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्वतन्त्र नागरिक बचाउ अभियानका पूर्वाञ्चल अध्यक्ष राजकुमार कार्की उपस्थित हुनुहुन्थ्यो । नेपालको एकीकरणका नायक पृथ्वी नारायण शाहको योगदानको स्मरण गर्दै मनाइएको यस कार्यक्रमले राष्ट्रिय एकताको भावना जागृत गर्ने उद्देश्य राखेको थियो ।
कार्यक्रममा स्थानीय नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । राष्ट्रिय एकता र अखण्डताको महत्व बोध गराउने यस किसिमका कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।