२४ पुष २०८१, बुधबार
Tags

विराट एक्स्पो २०२५ माघ ११ देखि २० गतेसम्म डिग्री क्याम्पस परिसरमा आयोजना हुने

रणभुमी डेस्क सोमबार, पुष २२, २०८१

विराटनगर / उद्योग संगठन मोरङको आयोजनामा आगामी माघ ११ देखि २० गतेसम्म विराट एक्स्पो २०२५ आयोजना हुने भएको छ । विराटनगरको डिग्री क्याम्पस परिसरमा हुने एक्स्पोको थिम ‘डिजिटल कोशी: नवप्रवर्तन र लगानी बीचको सेतु’ रहेको छ ।

क्स्पोमा २६८ वटा स्टल रहने छन् । बिराटबजार बिटुबि, स्टार्टअप भिजन कोशी ह्याकाथुन, रोजगार कोशी, व्यावसायीक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि, अटोमोबाइल्स, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईज, खाद्य र प्रायोजक गरी ९ वटा पेभिलियन रहने छन् ।

एक्स्पो अवधिभर थिमेटिक सेसनहरू आयोजना गरिने छ । उद्यमशीलता विकासको सन्दर्भमा नीतिगत, कानुनी र प्रक्रियागत विषयमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारका साथै विषयगत विज्ञहरू र बहुपक्षीय सरोकारवालाहरूको सहभागितामा छलफल हुनेछ ।

रोजगार कोशी पेभिलियन अन्तर्गत युवाहरूलाई करिअर काउन्सेलिङ गर्दै हस्पिटालिटी, आईटी र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधिमा १,८०० जनालाई प्रत्यक्ष तालिम दिइने छ । विद्यार्थीहरूका लागि गाइडेड टुरको व्यवस्था गरिएको छ ।

एक्स्पो अवधिमा प्रत्येक दिन साँझ पूर्ण राई, लाहुरे, मंकी टेम्पल, जेम्सी, तृष्णा गुरुङलगायत राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने छ । बिहान १० बजेदेखि दिउँसो ३:३० बजेसम्म प्रवेश शुल्क रु १०० र दिउँसो ४ बजेदेखि रु २०० तोकिएको छ ।

एक्स्पोको टाइटल स्पोन्सर साइमेक्स प्रा.लि. बिवाईडी रहेको छ । गोल्ड स्पोन्सरमा सेन्चुरी स्पाइसेस एण्ड स्न्याक्स, बैंकिङ पार्टनरमा नविल बैंक र इन्स्योरेन्स पार्टनरमा एनएलजी इन्स्योरेन्स रहेका छन् । कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश प्रवर्द्धकका रूपमा रहेका आयोजक समितिले पत्रकार सम्मेलन गरी बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्