रणभुमी डेस्क शनिबार, पुष २०, २०८१
विराटनगर / मोरङ्ग जिल्लाको तेली कल्याण समाजले तेश्रो बृहत वनभोज कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। डा. बालकृष्ण साहको अध्यक्षतामा आयोजित यस कार्यक्रममा करिब ३०० जना भन्दा बढी पुरुष तथा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
मोरङ्ग जिल्लाका विभिन्न पालिकाहरूबाट संगठित भएको तेली कल्याण समाजमा हाल ३ हजार भन्दा बढी सक्रिय सदस्यहरू रहेका छन्। समाजले यस अघि पहिलो पटक गोपाल फन पार्कमा पनि करिब ३५० जनाको र दोस्रो पटक विराटनगर-१४ स्थित गोदावारी पार्क जतुवामा वनभोज कार्यक्रम करिब ४०० जनाको सहभागी रहेको थियो ।
यस पटकको वनभोज कार्यक्रममा बाल प्रतिभा प्रदर्शनी, नृत्य तथा विभिन्न मनोरञ्जनात्मक खेलहरूको आयोजना गरिनुका साथै विजेताहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो। कार्यक्रमले छरिएर रहेका तेली समुदायका सदस्यहरूलाई एकीकृत गर्दै सामाजिक एकताको सन्देश प्रवाह गरेको छ।
समाजको विभिन्न विधामा रहेका विभिन्न पेशाकर्मीहरुले आफ्नो समुदायको लागि सम्भव विभिन्न सुविधा सहजीकरण को घोषणा समेत गरेका छन् ।
समाजका जिल्ला सदस्य गणेश साहले यस्ता कार्यक्रमहरूले समुदायको एकता र सामाजिक सद्भाव बढाउन महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
एकता सामाजिक विकासको मूल आधार भएको तेली कल्याण समाज काे जिल्ला सहसचिव सन्तोष साह बताउँछन् ।
एकता मानव समाजको सबैभन्दा ठूलो शक्ति हो। जहाँ एकता हुन्छ, त्यहाँ विकास र समृद्धिको ढोका खुल्छ। हाम्रो समाजमा विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिका मानिसहरू बसोबास गर्छन्। यी विविधताहरूलाई एकताको सूत्रमा बाँध्न सक्नु नै हाम्रो सामाजिक विकासको मूल आधार हो।
एकताले मात्र समाजमा शान्ति, सद्भाव र समानता कायम गर्न सक्छ। विभेद, असमानता र छुवाछुत जस्ता सामाजिक कुरीतिहरूको अन्त्य गर्न पनि एकता अपरिहार्य छ। एकताबद्ध समाजले मात्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासको गति लिन सक्छ।
आजको विश्वमा कुनै पनि राष्ट्र वा समाज एक्लै अघि बढ्न सक्दैन। सबैको सहयोग, समन्वय र एकताको आवश्यकता पर्छ। यसैले भनिन्छ – “एकता नै बल हो”। एकताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितको लागि काम गर्न सिकाउँछ। यसले समाजका हरेक वर्ग र समुदायबीच सहकार्य र सद्भावको वातावरण सिर्जना गर्छ।
एकताको सन्देश भनेको मानवीय मूल्य र मान्यताको सन्देश हो। यो सामाजिक न्याय र समानताको आवाज हो।