१५ पुष २०८१, सोमबार
Tags

सवारी दुर्घटना न्यूनिकरण गर्न व्यस्त सडकमा सुकाएको मकै हटाए ट्राफिक प्रहरी पोस्ट रानीले

रणभुमी डेस्क आइतबार, जेठ २०, २०८१

विराटनगर / ट्राफिक सचेतना अभियान अन्तर्गत सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी पोस्ट रानीका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले सडक अतिक्रमण गरी मकै सुकाएका किसानलाई सचेत गराएका छन्।

आईतवार विराटनगर महानगरपालिका वडा नम्बर १८ स्थित एकीकृत जाँच चौकी (आईसीपी) जाने ४ लेन सडकमा मकै सुकाएको देखि उनले त्यसरी सडकमा मकै सुकाउन नहुने बताएका हुन्। प्रहरी बस्नेतले मकै सुकाउने किसानलाई सम्झाइ अब यस्तो गतिविधि नगर्न अनुरोध गरेका छन्।

व्यस्त सडकमा मकै लगायतका वस्तु सुकाउँदा ट्राफिक अवरुद्ध हुनुका साथै दुर्घटनाको समेत जोखिम रहने हुँदा यस्ता गतिविधि गर्न नहुने बस्नेतले बताए। सडकमा यस्ता अवरोध सिर्जना गर्दा चालक तथा पैदलयात्रीलाई समस्या पर्ने र दुर्घटना हुन सक्ने हुँदा ट्राफिक प्रहरीले यस्ता गतिविधिलाई नियन्त्रण गर्दै आएको जनाइएको छ।

अहिले देशभर सडक सुरक्षासम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। ट्राफिक प्रहरीले सवारी साधन चालक तथा विभिन्न सवारी साधन प्रयोगकर्तालाई सचेत गराउँदै सडक सुरक्षा कायमा सहयोग गर्न अनुरोध गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्