०६ पुष २०८१, शनिबार
Tags

श्रीमती संघ द्वारा विपन्न बस्तीका ४० परिवारलाई न्यानो लुगा वितरण

रणभूमी डेस्क आइतबार, पुष १५, २०८०

विराटनगर / नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले ४० वटा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।

शान्तिपूर्ण एवम् सुरक्षित समाज का लागि नियमित समुदाय प्रहरी साझेदारी कार्यक्रमहरु गरिरहेको ईलाका प्रहरी कार्यालय रानी को सहयोगमा विराटनगर महानगर पालिका को वडा नं १६ स्थित विपन्न मुसहर बस्तीमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले न्यानो कपडा वितरण क्रायक्रम सम्पन्न गरेको हो ।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजना एवं ईलाका प्रहरी कार्यालय रानीको सहकार्यमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाज्युको प्रमुख आथित्यतामा आईतवार ४० घर परिवारलाई न्यानो कपडा बितरण गरिएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि अजिता देवकोटाले नेपाल प्रहरी श्रीमती संघ सामाजिक तथा मानबिय सेवामा निरन्तर क्रियासिल भएको बताउदै यसरी पिछडिएको समुदायलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । त्यस्तै कार्यक्रमलाई सहजीकरण गर्दै ईलाका प्रहरी रानीका प्रमुख प्रहरी निरीक्षक सन्दिप बेल्बासेले नेपाल प्रहरी श्रीमती संघको यो मानवीय एवं पुण्य कामले अल्पसंख्यक समुदायलाई ठुलो राहत पुगेको बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्